प्रेरित 24:1 - पवित्र बाइबल1 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्लस नाउँका एक जना वकीलसँग त्यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पाँच दिनपछि प्रधान पूजाहारी हननिया र केही धर्म-गुरुहरूसमेत तर्तुल्लस भन्ने वकिल लिएर कैसरियामा आइपुगे। तिनीहरू सबैले बडा-हाकिमकहाँ पावलको विरोधमा उजुर गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पाँच दिनपछि प्रधान पुजारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्लस नामको एक जना वकील लिएर कैसरिया पुगे; र त्यहाँ तिनीहरूले राज्यपालका सामु पावलका विरुद्ध आफ्नो मुद्दा पेश गरे। Viz kapitola |