Online Bible

- Reklamy -




प्रेरित 23:9 - पवित्र बाइबल

9 ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौं। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्यो होला!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यहाँ ठूलो होहल्‍ला मच्‍चियो, र फरिसी दलका कोही शास्‍त्रीहरू खड़ा भएर यसो भन्‍दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्‍मा वा स्‍वर्गदूतले यिनलाई यसो भनेका हुन्‌ भने के त?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसैले गर्दा महासभामा ठूलो होहल्‍ला मच्‍चियो। फरिसी समूहका केही धर्म-गुरुहरूले उभिएर सदुकीहरूको घोर विरोध गर्दै भने, “हामी त यो मानिसको कुनै दोष नै देख्‍तैनौं। यी मानिससँग कुनै आत्‍मा वा स्‍वर्गदूतले बोलेका नै हुन् भने के भयो त!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”

Viz kapitola kopírovat




प्रेरित 23:9

Následuj nás:

Reklamy


Reklamy