प्रेरित 23:6 - पवित्र बाइबल6 सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 महासभामा सदुकी र फरिसी समूहका मानिसहरू बसेका छन् भन्ने कुरा जानेर पावलले ठूलो सोरमा भने, “दाजुभाइहरू हो, म फरिसीको छोरा फरिसी नै हुँ। मरेको मानिस फेरि बिउँतनेछन् भन्ने आशा राखेकाले यहाँ मेरो मुद्दा चलिरहेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।” Viz kapitola |