प्रेरित 22:30 - पवित्र बाइबल30 सेनापतिले यहूदीहरू किन पावललाई दोष्याईरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महा-सभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए, र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्याई तिनीहरूका सामुन्ने खड़ा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्यो कुरा सेनापति बुझ्न चाहन्थे। त्यसो हुँदा भोलिपल्ट उनले मुख्य पूजाहारी र महासभाका सबै सदस्यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए। Viz kapitola |