प्रेरित 22:25 - पवित्र बाइबल25 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्रा लगाउने अधिकार छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सिपाहीहरूले कोर्रा लाउन बाँध्न लाग्दा पावलले नजिकै उभिएको कप्तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?” Viz kapitola |