प्रेरित 21:34 - पवित्र बाइबल34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन्। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर त्यस भीड़मध्ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्यस होहल्लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्यारेकमा लैजानू भनी आज्ञा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर भीडमा भएका मानिसहरू कसैले एक थोक भने त कसैले अर्कै थोक। यसरी सेनापतिले झगडाको खास कुरा थाहै पाउन सकेनन्। त्यसो हुँदा उनले पावललाई सिपाहीहरू बस्ने किल्लामा लान हुकुम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए। Viz kapitola |