Online Bible

- Reklamy -




प्रेरित 21:25 - पवित्र बाइबल

25 “गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः ‘मूर्तिहरूमा चढाएको खाद्य नखानु। निमोठेर मारेका पशू नखानु, रगत नखानु। र कुनै प्रकारको व्यभिचार नगर्नु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर अन्‍यजातिहरू जसले विश्‍वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुपर्छ भन्‍ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्ने अरू जातिका मानिसहरूलाई चाहिँ ‘मूर्तिलाई चढाएको खाना नखानू, रगत नपिउनू र घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्‍यभिचारबाट अलग बस्‍नू’ भनेर हामीले निधो गरी पत्र लेखेर पठाइसकेका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”

Viz kapitola kopírovat




प्रेरित 21:25

Následuj nás:

Reklamy


Reklamy