प्रेरित 21:20 - पवित्र बाइबल20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस् भाइ, यहूदीहरूका बीचमा विश्वास गर्नेहरू हजारौँ छन्, र व्यवस्थाका कुरामा उनीहरू सबै जोशिला छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पावलको बयान सुनेर उनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले यो सुनेपछि परमेश्वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्। Viz kapitola |