प्रेरित 21:11 - पवित्र बाइबल11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उनले पावलको पटुका लिएर आफ्ना हात र खुट्टा बाँधेर भने, “पवित्र आत्माले यसरी भन्नुहुन्छ, यरूशलेम गए भने यहूदीहरूले यो पटुकाको धनीलाई यसै गरी बाँध्नेछन् र अरू जातिका हातमा सुम्पनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ” Viz kapitola |