Online Bible

- Reklamy -




प्रेरित 2:14 - पवित्र बाइबल

14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्‍च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्‍मै बासिन्‍दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब पत्रुस र अरू एघार प्रेरितहरू सँगै उभिए र पत्रुसले सबैले सुन्‍ने गरी भन्‍न लागे, “हे यहूदी साथी र यरूशलेममा बस्‍ने दाजुभाइहरू हो, यहाँ के भएको हो, त्‍यो म तपाईंहरूलाई बुझाउनेछु। अब मैले भन्‍न लागेका कुराहरू ध्‍यान दिएर सुन्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्।

Viz kapitola kopírovat




प्रेरित 2:14

Následuj nás:

Reklamy


Reklamy