प्रेरित 19:9 - पवित्र बाइबल9 तर कतिपय यहूदीहरू कठोर थिए। तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर जब कुनै-कुनैले हठी भएर विश्वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्डको सामुन्ने बोल्न लागे, तब पावल तिनीहरूबाट अलग्ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्नसको विद्यालयमा बहस गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर कतिले मन कठोर पारेर प्रभुमा विश्वास गरेनन्। उल्टो तिनीहरूले प्रभुले दिनुभएको त्यो मुक्ति पाउने बाटोलाई सबैको अगाडि निन्दा गरे। यसकारण पावल तिनीहरूको सभाघरमा जान नै छोडिदिए र प्रभुमा विश्वास गर्ने चेलाहरूलाई आफैंसँग लगे। त्यसपछि पावलले टुरान्नस विद्यालयमा दिनदिनै मानिसहरूसँग भेटेर मुक्तिको बारेमा वाद-विवाद गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर तीमध्ये कोही हठी भएर विश्वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्लमखुल्ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले। Viz kapitola |