प्रेरित 19:13 - पवित्र बाइबल13-14 कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ठाउँ-ठाउँमा घुमिहिँड्ने झारफुके यहूदीहरूले पनि प्रभु येशूको नाउँमा दुष्ट आत्मा निकाल्न खोजे। तिनीहरूले दुष्ट आत्मालाई “पावलले प्रचार गरेको येशूको नाउँमा म तँलाई निक्लने आज्ञा दिन्छु!” भन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।” Viz kapitola |