प्रेरित 18:6 - पवित्र बाइबल6 तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे, तब तिनले आफ्नो लुगा टकटक्याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु। अब उप्रान्त म अन्यजातिहरूकहाँ जानेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर तिनीहरूले पावलको विरोध गरेर उनलाई गाली गरे। पावलले तिनीहरूलाई चेतावनी होस् भनेर आफ्नो लुगाबाट धुलो टक्टकाउँदै भने, “नाश भयौ भने तिमीहरू आफ्नै दोषको कारणले गर्दा नाश हुनेछौ। मलाई चाहिँ दोष लाग्नेछैन। अबदेखि म मानिसहरूकहाँ जान्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।” Viz kapitola |