प्रेरित 17:7 - पवित्र बाइबल7 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यस यासोनले यिनीहरूलाई आफ्नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्ने अर्कै राजा छन् भनेर भन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।” Viz kapitola |