Online Bible

- Reklamy -




प्रेरित 17:6 - पवित्र बाइबल

6 तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खड़ा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूलाई फेला पार्न नसक्‍दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्‍स्‍याएर ल्‍याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर तिनीहरूले पावल र सिलासलाई त्‍यहाँ भेट्टाएनन्। त्‍यसो हुँदा तिनीहरूले यासोन र प्रभुमा विश्‍वास गर्ने अरू दाजुभाइहरूलाई नै लछारपछार पार्दै लगे। उनीहरूलाई सहरका हाकिमहरूकहाँ पुर्‍याएर कराउँदै भने, “संसारभरि उत्‍पात मच्‍चाउने मानिसहरू अहिले हाम्रो सहरमा पनि आइपुगेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्।

Viz kapitola kopírovat




प्रेरित 17:6

Následuj nás:

Reklamy


Reklamy