प्रेरित 17:26 - पवित्र बाइबल26 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। Viz kapitola |