प्रेरित 17:24 - पवित्र बाइबल24 “उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 संसार र यसमा भएका सबै थोक सृष्टि गर्नुहुने परमेश्वर नै स्वर्ग र पृथ्वीका मालिक हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न। Viz kapitola |