Online Bible

- Reklamy -




प्रेरित 16:37 - पवित्र बाइबल

37 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्‍ने पिटे, र झ्‍यालखानमा पनि हाले, र अब हामीलाई गुप्‍तमा निकाल्‍न खोज्‍छन्‌? यो हुन सक्‍दैन। उनीहरू आफै आऊन्‌ र हामीलाई निकालेर लैजाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तर पावलले खबर ल्‍याउने सिपाहीहरूलाई भने, “हामी रोमी नागरिक हुँदाहुँदै पनि तिनीहरूले हाम्रो कुनै दोष फेला नपारीकनै हामीलाई बेसरी पिटे। अझै हामीलाई झ्‍यालखानमा पनि थुने। अहिलेचाहिँ सुटुक्‍कै छोड्‍न चाहन्‍छन्? हामी जाँदैनौं। ती आज्ञा दिने हाकिमहरूले आफैं आएर हामीलाई निकाल्‍नुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्‍लमखुल्‍ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”

Viz kapitola kopírovat




प्रेरित 16:37

Následuj nás:

Reklamy


Reklamy