प्रेरित 16:18 - पवित्र बाइबल18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 धेरै दिनसम्म त्यस केटीले त्यसै भनेर कराइरही। आखिरमा यसरी कराइरहेकी सहन नसकेर पावलले त्यो केटीतिर फर्केर दुष्ट आत्मालाई भने, “म येशू ख्रीष्टको नाउँमा तँलाई आज्ञा दिन्छु, तँ यो केटीबाट निस्केर गइहाल्।” पावलले यस्तो भन्नेबित्तिकै त्यो दुष्टात्मा त्यस केटीबाट निस्केर गइहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्क गरायो; यसैले फनक्क फर्केर तिनले त्यस दुष्ट आत्मालाई भने, “येशू ख्रीष्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्ट आत्माले त्यसलाई छोडिदियो। Viz kapitola |