प्रेरित 16:16 - पवित्र बाइबल16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घट्ना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउँथि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एक दिन प्रार्थना गर्ने ठाउँमा जाँदा हामीहरूले एउटी कमारी केटीलाई भेट्यौं। उसलाई दुष्ट आत्मा लागेको थियो र त्यही दुष्ट आत्माको शक्तिले उसले मानिसको भाग्य बताइदिएर आफ्ना मालिकहरूलाई धेरै पैसा कमाएर दिन्थी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी। Viz kapitola |