Online Bible

- Reklamy -




प्रेरित 16:15 - पवित्र बाइबल

15 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँच्चो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 विश्‍वास गरेर लिडियाले र उनका घरानाले बप्‍तिस्‍मा लिए। त्‍यसपछि उनले हामीलाई आफ्‍नो घरमा बस्‍ने अनुरोध गर्दै भनिन्, “यदि तपाईंहरूले मलाई साँच्‍चै प्रभुमा विश्‍वास गरेकी बहिनी सम्‍झनुहुन्‍छ भने हाम्रो घरमा आएर हामीसँग बसिदिनुहोस्।” यसरी उनले हामीलाई उनको घरमा जान कर लगाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।

Viz kapitola kopírovat




प्रेरित 16:15

Následuj nás:

Reklamy


Reklamy