प्रेरित 16:13 - पवित्र बाइबल13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसँग बात गर्न लाग्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचीत गर्न लाग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 नदीको किनारमा यहूदीहरूको प्रार्थना गर्ने ठाउँ होला भन्ने सम्झेर हामी विश्रामको दिन त्यहाँ गयौं अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग कुरा गर्न लाग्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 शब्बाथमा सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ। Viz kapitola |