प्रेरित 15:3 - पवित्र बाइबल3 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मण्डलीका सदस्यहरूले तिनीहरूलाई त्यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्तार सुनाए। यस खबरले त्यहाँका भाइहरू अत्यन्तै आनन्दित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मण्डलीका दाजुभाइ र दिदी-बहिनीहरूले तिनीहरूलाई यात्रामा जानको लागि सहायता दिएर पठाए। तिनीहरू फोनिके र सामरिया क्षेत्रहरूबाट गए। यसरी जाँदाजाँदै तिनीहरूले ठाउँ-ठाउँमा भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई अन्य-जातिहरूले पनि विश्वास गरेका छन् भन्ने कुरा सुनाए। यो कुरा सुनेर ती दाजुभाइहरू धेरै खुसी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए। Viz kapitola |