प्रेरित 15:29 - पवित्र बाइबल29 मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ। रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको यौन पापहरू नगर्नु। यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ। अब हामी बिदा माग्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अब मुख्य कुराचाहिँ यिनै हुन्– मूर्तिलाई बलि चढाएको कुरो नखानू, केहीको पनि रगत नपिउनू, घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग भएर बस्नू। यी कुराहरू पालन गर्नुभयो भने तपाईंहरूलाई असल हुनेछ। तपाईंहरू सबैको भलो होस्। भन्नुपर्ने कुराचाहिँ यति नै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा। Viz kapitola |