प्रेरित 15:2 - पवित्र बाइबल2 पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहश गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र एल्डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यस्तो प्रकारको शिक्षा सुनेर पावल र बारनाबासले तिनीहरूसँग धैरै तर्कवितर्क गरे। यसकारण त्यहाँका भाइहरूले पावल, बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र धर्म-गुरुहरूकहाँ यरूशलेममा पठाउने निर्णय गरे। उनीहरूले यरूशलेममा बस्ने प्रेरित र मण्डलीका अरू अगुवाहरूसँग कुरा गरेर त्यसको बारेमा टुँङ्गो लाउने आदेश पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्वासीका साथ नियुक्त गरिए। Viz kapitola |