प्रेरित 15:12 - पवित्र बाइबल12 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब सभामा सबै चूप बसे, अनि अन्यजातिहरूका बीचमा परमेश्वरले तिनीहरूद्वारा कस्ता चिन्हहरू र आश्चर्यकर्महरू गर्नुभयो त्यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस बेला सबै चुप लागे। पावल र बारनाबासले अरू जातिका मानिसहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अचम्मका कामहरूको बारेमा बताउँदा सबैले ध्यान दिएर सुनिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो। Viz kapitola |