प्रेरित 14:27 - पवित्र बाइबल27 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 जब तिनीहरू एन्टिओखियामा आइपुगे, तब मण्डलीलाई भेला गराए, अनि परमेश्वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्यजातिहरूका निम्ति विश्वासको ढोका खोलिदिनुभयो सो सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एन्टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्डलीका सबैलाई बोलाए। परमेश्वरले उनीहरूद्वारा कस्तो-कस्तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्वास गर्ने बाटो खोलिदिनुभयो भन्ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। Viz kapitola |