Online Bible

- Reklamy -




प्रेरित 14:15 - पवित्र बाइबल

15 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दुःख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्‍तै दु:ख-सुख झेल्‍ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्‍वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्‍तो नचाहिँदो काम छोडेर स्‍वर्ग र पृथ्‍वी अनि त्‍यहाँ भएका सबै कुरा सृष्‍टि गर्नुहुने जिउँदो परमेश्‍वरलाई मान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्‍टि गर्नुहुने परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौँ।

Viz kapitola kopírovat




प्रेरित 14:15

Následuj nás:

Reklamy


Reklamy