प्रेरित 13:41 - पवित्र बाइबल41 ‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर; किनभने तिमीहरूको अवधिमा, म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 ‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान, अनि नष्ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ” Viz kapitola |