प्रेरित 13:11 - पवित्र बाइबल11 अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।” तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झर्यो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्म घामको प्रकाश नदेख्ने भई अन्धो हुनेछस्।” अनि उत्तिखेरै कुइरो र अन्धकारले त्यसलाई छोप्यो, र कसैले त्यसको हात पक्रेर डोर्याइदेला कि भनेर त्यो यताउता जान लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अब हेर्, प्रभुको सजाय तँमाथि परेको छ। तँ अन्धो भएर केही समयसम्म घामको उज्यालो पनि देख्नेछैनस्!” त्यति नै खेर त्यसको आँखामा कालो बादलजस्तो लाग्यो अनि त्यो अन्धो भइहाल्यो र हातले यताउता सहारा खोज्न लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो। Viz kapitola |