Online Bible

- Reklamy -




प्रेरित 12:20 - पवित्र बाइबल

20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्‍यन्‍तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्‍तससँग खुशामद गरेर मिलापको लागि बिन्‍ती गरे। किनकि तिनीहरूको देश अन्‍नको निम्‍ति राजाको देशमा निर्भर थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्‍यो। त्‍यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्‍छे बलस्‍तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए।

Viz kapitola kopírovat




प्रेरित 12:20

Následuj nás:

Reklamy


Reklamy