प्रेरित 12:10 - पवित्र बाइबल10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए, र तुरुन्तै स्वर्गदूत तिनलाई छोड़ेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 स्वर्गदूत र पत्रुस पहिलो र दोस्रो पहरा भएर सहरको फलामे मूल-ढोकामा आइपुगे। त्यो ढोका आफैं खुल्यो र तिनीहरू बाहिर निस्के। एक गल्ली पार गरेपछि स्वर्गदूत पत्रुसलाई छोडेर गइहाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। Viz kapitola |