प्रेरित 11:28 - पवित्र बाइबल28 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।) Viz kapitola |