प्रेरित 11:26 - पवित्र बाइबल26 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 शाऊललाई टार्ससमा भेटेर एन्टिओखिया सहरमा ल्याए। दुवैले वर्ष दिनसम्मै एन्टिओखिया मण्डलीका मानिसहरूसँग संगति गर्दै धेरैलाई सिकाए। एन्टिओखियामा नै सबैभन्दा पहिले ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियान भनिएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए। Viz kapitola |