प्रेरित 10:22 - पवित्र बाइबल22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूले भने, “एक जना कप्तान कर्नेलियस, जो सोझा र परमेश्वरसँग डराउने र सारा यहूदी जातिबाट सम्मान पाएका व्यक्ति हुनुहुन्छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्देश सुन्नू भनी एउटा पवित्र स्वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूले भने, “कप्तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्वरको डर मान्ने मानिस हुनुहुन्छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्ने आज्ञा स्वर्गदूतले दिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्वरको भय मान्ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्न सकून्।” Viz kapitola |