३ यूहन्ना 1:10 - पवित्र बाइबल10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण जब म आउँछु, त्यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्यसले खराब कुराहरू बकिहिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ, र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म त्यहाँ आउँदा तिमीहरू सबैलाई उनले हाम्रो विरोधमा के गरे, कस्तो नराम्रो कुरा भने, सो सुनाउनेछु। त्यति मात्र होइन, तिनले परदेशी भाइहरूका विरोध गर्दछन्, आउनै दिँदैनन् अनि उनीहरूको स्वागत गर्न खोज्नेहरूलाई मण्डलीबाट निकालि पनि दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्ट नभएर त्यसले अरू विश्वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। Viz kapitola |