२ तिमोथी 2:10 - पवित्र बाइबल10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण परमेश्वरले छानेकाहरू येशू ख्रीष्टमा भएको चहकिलो र सधैँभरि रहने मुक्ति पाउन सकून् भनेर म तिमीहरूका लागि सबै कुरा सहन सक्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण परमेश्वरले चुन्नुभएका मानिसहरूका निम्ति ख्रीष्ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु। Viz kapitola |