२ तिमोथी 1:12 - पवित्र बाइबल12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसैकारणले म यी कुराहरूमा दु:ख भोग्दै छु। तर मलाई यसमा लाज लाग्दैन किनभने मैले कसमा विश्वास राखेको छु, मलाई थाहा छ। परमेश्वरले मेरो जिम्मा लगाउनुभएको कुरालाई उहाँले नै त्यस दिनसम्मको लागि जोगाएर राख्नुहुनेछ। यसमा म ढुक्क छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण मैले यी कष्टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्चित छु। Viz kapitola |