२ थेसलोनिकी 1:11 - पवित्र बाइबल11 त्यसैकारण हामी सधैँ तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गर्छौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाऊन्, र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसैकारण परमेश्वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्यसको योग्य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्छा र विश्वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्। Viz kapitola |