२ शमूएल 8:10 - पवित्र बाइबल10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसर्थ तिनले आफ्नो छोरो योरामलाई दाऊद राजालाई भेट्न र विजयको निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए। Viz kapitola |