Online Bible

- Reklamy -




२ शमूएल 5:6 - पवित्र बाइबल

6 राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्न सक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्न सक्दैन भन्ने विचार थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्‍नुहुन्‍न, अन्‍धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्‍नेछन्‌।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्‍यै भित्र आउन सक्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 समय आयो, जब दाऊद र तिनका सेना यरूशलेममाथि आक्रमण गर्न अघि बढे। दाऊदले सहरमाथि कब्‍जा गर्न सक्‍नेछैनन् भनी त्‍यहाँका बासिन्‍दा यबूसीहरूले सोचे र तिनलाई भने, “यहाँ तपाईं आउन सक्‍नुहुन्‍न, हाम्रा अन्‍धा र लङ्गडा मानिसहरूले नै तपाईंलाई रोक्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्‍न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्‍न सक्नेछैनन्।”

Viz kapitola kopírovat




२ शमूएल 5:6

Následuj nás:

Reklamy


Reklamy