२ शमूएल 4:8 - पवित्र बाइबल8 हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे। रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्ने, हजूरको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्ति साटो फेर्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले त्यो टाउको हेब्रोनमा दाऊदकहाँ पुर्याएर भने, “हजुरको शत्रु शाऊलको सन्तान ईश्बोशेतको टाउको यहाँ छ, शाऊलले हजुरलाई मार्ने चेष्टा गरेका थिए र आज परमप्रभुले हजुरको पक्षमा शाऊल र तिनका सन्तानमाथि बदला लिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दावीदकहाँ लगेर राजालाई भने, “तपाईंको प्राण लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको शिर यहाँ छ। आजको दिन याहवेहले शाऊल र तिनका छोराको विरुद्धमा मेरा मालिक राजाको बदला लिनुभएको छ।” Viz kapitola |