Online Bible

- Reklamy -




२ शमूएल 4:4 - पवित्र बाइबल

4 शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्‍युको समाचार आउँदा त्‍यो पाँच वर्षको थियो। त्‍यसकी धाईले त्‍यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्‍यो लड्‌यो, र लङ्गड़ो भयो। त्‍यसको नाउँ मपीबोशेत थियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 शाऊलका छोरा जोनाथनका मपीबोशेत नाम गरेका एक जना छोरा थिए, शाऊल र जोनाथन मारिंदा तिनको उमेर पाँच वर्षको थियो। तिनीहरू लडाइँमा मारिएको खबर यिजरेल सहरबाट प्राप्‍त हुँदा मपीबोशेतकी धाईले तिनलाई बोकेर भागेकी थिइन्। तर त्‍यो ज्‍यादा हतार गरेर निस्‍कँदा तिनलाई हातबाट खसाली र उनी लङ्गडो भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 (शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।)

Viz kapitola kopírovat




२ शमूएल 4:4

Následuj nás:

Reklamy


Reklamy