Online Bible

- Reklamy -




२ शमूएल 3:8 - पवित्र बाइबल

8 ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइनँ। मैले दाऊदलाई तिमीलाई हराउन दिइनँ। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइनँ। अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीस उठाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्‍म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्‍वासघात गरेको छैनँ। तापनि यस स्‍त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसमा अबनेर साह्रै रिसाए र भने, “के म शाऊलसित विश्‍वासघात गर्छु भनी तिमी ठान्‍दछौ? के मैले यहूदाको सेवा गर्दै छु भनेर तिमी साँच्‍चै सोच्‍छौ? सुरुदेखि म तिम्रा पिता शाऊल, तिनका दाजुभाइ र मित्रहरूका भक्त रहेको छु र आजसम्‍म तिमीलाई दाऊदका हातबाट बचाएर राखेको छु; तर आज मलाई एउटी आइमाईसित सुतेको दोष लाउँछौ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्‍ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ!

Viz kapitola kopírovat




२ शमूएल 3:8

Následuj nás:

Reklamy


Reklamy