Online Bible

- Reklamy -




२ शमूएल 3:21 - पवित्र बाइबल

21 अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।” दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तिसँग गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्‍ने सारा इस्राएलीहरूलाई ल्‍याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्‌। त्‍यसपछि हजूर आफूले इच्‍छा गर्नुभएजति माथि तपाईंले राज्‍य गर्नुहोस्‌।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्‍तिसँग गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अबनेरले दाऊदलाई भने, “म अब गएर सारा इस्राएललाई हजुरको पक्षमा ल्‍याउनेछु। तिनीहरूले हजुरलाई आफ्‍ना राजा मानिलिनेछन् र हजुरले चाहेको कुरा पूरा हुनेछ र पूरै देशमा राज्‍य गर्नुहुनेछ।” दाऊदले अबनेरलाई शान्‍ति-सुरक्षाको वचन दिएर बिदा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए।

Viz kapitola kopírovat




२ शमूएल 3:21

Následuj nás:

Reklamy


Reklamy