Online Bible

- Reklamy -




२ शमूएल 23:20 - पवित्र बाइबल

20 यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला-ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउँ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यहोयादाका छोरा कब्‍सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 कब्‍सेलका यहोयादाका छोरा बनायाह अर्का प्रसिद्ध योद्धा थिए। तिनले धेरै साहसिक कामहरू गरे, जसमध्‍ये दुई ठूला-ठूला मोआबी योद्धाहरूलाई मार्ने काम पनि गरे। एक दिन हिँउ परेको बेलामा तिनले एउटा खाडलभित्र पसी सिंह पनि मारेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 23:20

Následuj nás:

Reklamy


Reklamy