२ शमूएल 21:8 - पवित्र बाइबल8 दाऊदले आरमोनी र मपीबोशेत तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बर्जितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा, आरमोनी र मपीबोशेत र शाऊलकी छोरी मेराबले महोलातीबासी बर्जिल्लैको छोरो अद्रीएलबाट जन्माएका पाँच छोराहरू लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। Viz kapitola |