२ शमूएल 20:6 - पवित्र बाइबल6 दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्शालोमले भन्दा पनि ज्यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्यसलाई पछिपछि खेद, नत्रता त्यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्यो हाम्रो हातबाट उम्केला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण राजाले अबीशैलाई भने, “शेबाले हामीलाई अब्शालोमले भन्दा ज्यादा दु:ख दिनेछ। मेरा मानिसहरू लगेर त्यसको पछि लाग नत्र त्यसले कुनै पर्खाल हालेको सहर लियो भने त्यो हाम्रो हातबाट उम्कनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदले अबीशैलाई भने, “अब बिकरीको छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा पनि ठूलो हानि गर्नेछ। तिम्रा मालिकका मानिसहरूलाई लिएर त्यसलाई खेद। नत्रता त्यसले आफ्ना निम्ति सुरक्षित सहरहरू भेट्टाउला, र हामीबाट उम्केर जाला।” Viz kapitola |