Online Bible

- Reklamy -




२ शमूएल 20:22 - पवित्र बाइबल

22 तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए। त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब ती स्‍त्री गइन्, र भेला भएका सबै मानिसलाई त्‍यसको बुद्धिपूर्ण सल्‍लाह सुनाइन्‌। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्‍याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्‍नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि तिनी सहरका मानिसहरूका बीचमा गइन् र आफ्‍नो विचार बताइन्। तिनीहरूले शेबाको टाउको ठुन्‍क्याए र पर्खाल माथिबाट योआबलाई फ्‍याँकिदिए। आफ्‍ना मानिसहरूलाई सहर छोड्‍ने सङ्केत दिँदै योआबले तुरही फुके। तिनीहरू सबै घर फर्के। योआब यरूशलेममा राजाकहाँ फर्किगए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब त्यस स्त्री आफ्नो बुद्धिमानी सल्‍लाहका साथ सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिकरीको छोरा शेबाको शिर काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले तुरही फुके। अनि सबै मानिसहरू सहरबाट छरिएर आ-आफ्ना घरमा गए। योआब यरूशलेममा राजाकहाँ फर्केर गए।

Viz kapitola kopírovat




२ शमूएल 20:22

Následuj nás:

Reklamy


Reklamy