२ शमूएल 20:21 - पवित्र बाइबल21 तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।” त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यो हाम्रो विचार होइन। तर एफ्राइमको पहाड़ी देशको एक जना मानिस, बिक्रीको छोरो शेबा दाऊद राजाको विरुद्धमा विद्रोह गर्नलाई खड़ा भएको छ। त्यही एक जना मानिसलाई हामीकहाँ सुम्पिदेऊ, र हामी सहरबाट हटिजानेछौं।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालबाट तपाईंकहाँ फ्याँकिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यो हाम्रो उद्देश्य होइन। शेबा नाम गरेको बिक्रीका छोराले दाऊद राजाको विरुद्धमा विद्रोह सुरु गरेको छ। त्यो एफ्राइमको पहाडी देशमा बस्ने मानिस हो। त्यस मानिसलाई हाम्रा हातमा देऊ र म सहर छोडी जानेछु।” “हामी त्यसको टाउको काटी पर्खाल कटाएर तपाईंलाई फ्याँकिदिनेछौं,” तिनले भनिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हाम्रो उद्देश्य त्यो होइन। एफ्राइमको पहाडी मुलुकका बिकरीको छोरा शेबा नाम भएका मानिसले राजाको विरुद्धमा, दावीदको विरुद्धमा आफ्नो हात उठाएको छ। त्यस एउटा मानिसलाई सुम्पिदेऊ, र म सहरबाट हटेर जानेछु।” त्यस स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।” Viz kapitola |